News

Apr 17, 2009

चुनाव जितेको निर्वाचन क्षेत्र प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा चुनावमा आफूले जितेको निर्वाचन क्षेत्र काठमाडौं १० को गाउँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा चुनावमा आफू जितेको निर्वाचन क्षेत्र काठमाडौं-१० का गाउँहरुको भ्रमण गरेका छन् । बैशाख ४ गते फर्पिङमा पार्टीका कार्यकर्ताहरुले आयोजना गरेको चियापानमा पुगेका प्रधानमन्त्रीले निर्वाचन क्षेत्रको सबै गाउँमा कुनै न कुनै बिकाश आयोजना ल्याउने योजनामा आफू रहेको बताए । निर्वाचन क्षेत्रकै किर्तिपुरमा अस्पताल बनाउन आफूले पहल गर्ने पनि उनले आश्वासन दिए ।कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले तत्कालिन राजाका वरिपरि बसेकाहरुले संविधान निर्माण बिथोल्न खोजे पनि आफूलाई त्यसको सामना गर्ने आत्माविश्वास बढेको बताए । शान्तिप्रक्रिया बिथोल्नु भनेको संविधान निर्माणमा अवरोध पुर्‍याउनु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले मुलुक अहिले शान्तिप्रक्रियाको अन्तिम चरणमा रहेको बताए । संविधान निर्माण बिरोधी काम हुनथाले स्थानीय तहबाटै प्रतिकार गर्न पनि कार्यक्रममा प्रधानमन्त्रीले आह्वान गरेका थिए ।

No comments: