News

Apr 17, 2009

थरुहट संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै थरुहट संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी सहमति विपरीत प्रतिस्थापन विधेयक दर्ता गरिएको भन्दै तराई लगायतका क्षेत्रमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।समितिका अध्यक्ष लक्ष्मण थारुले थारु विरुद्ध गरिएको सम्पूर्ण निर्णय खारेजी नगरेसम्म आन्दोलन जारी रहने बताए ।सरकारले विश्वासको वातावरण नबनाएकोले जल, जमीन र जंङ्गल लगायतका सम्पूर्ण प्राकृतिक स्रोत माथि कव्जा जमाउने उनले दाबी गरे । थरुहट संघर्ष समितिले अन्तरिम संविधानमा रहने मधेस शब्द हटाई तराईथरुहट राख्नु पर्ने, थरुहट जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा थारुलाई नियुक्त गर्नु पर्ने माग राखेका छन् ।

No comments: