लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संगीतप्रेमीहरुका लागि इन्टरनेटमा एउटा नयाँ संसार बनाउने सपनाका साथ अमेरिकी कम्पनी एप्पलले एउटा विशेष प्रकारको सोसल नेटवर्किङ वेभसाइट सुरु गरेको छ।कम्प्युटर उत्पादकहरु र इन्टरनेट सेवाहरुसँग सम्बन्धित अमेरिकी कम्पनी एप्पलले यो सुविधालाई ‘पिङ्ग’ नाम दिएको छ। ‘पिङ्ग’को उद्देश्य संगीतका शौकिनहरुलाई एकअर्कासँग जोड्न सहयोग गर्नु हो । यो वेभसाइटले ट्वीटरले जसरी नै काम गर्दछ।यो नयाँ सेवा एप्पलको सफ्टवेयर ‘आई-ट्युन्स’ को माध्यमबाट उपलव्ध हुनेछ। ‘आई-ट्युन्स’, सफ्टवेयर र इन्टरनेटमा गीतसंगीतसँग सम्बन्धित सामग्रीलाई सजाउने सफ्टवेयर हो ।पिङ्ग उपयोग गर्ने प्रयोगकर्ताहरु न सिर्फ एकअर्कासँग जोडिने छन् यहाँ उनीहरुले एउटै समयमा कुनै गीत सुनिरहेका छन् भन्ने बारेमा पनि वेभसाइटमा एउटा सूची तयार हुनेछ।सानफ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा यो सुविधा सर्वसाधारणसामु प्रस्तुत गर्दै एप्पलका प्रतिनिधि जब्सले भने, यो नयाँ सुविधा विशेषगरी संगीतप्रेमीहरुलाई एकअर्कासँग जोड्ने र सोसल नेटवर्किङ्गको मौका दिनका लागि हो ।उनले भने-हामीलाई आशा छ, यो एप्लिकेशन चाँडै लोकप्रीय हुनेछ। किनभने यसको सुरुवातका साथै १६ करोड मानिसले यसको प्रयोग गर्न सक्नेछन् ।‘आई-ट्युन्स’ सफ्टवेयरको माध्यमबाट यो सेवा आई-फोन्स’ र ‘आई-पोड्स’मा पनि उपलव्ध हुनेछ। विज्ञहरुका अनुसार सोसल नेटवर्किङ्गको दिशामा यो एउटा नयाँ पाइला हो, यो सेवा सामाजिक नेटवर्किद्म वेभसाइटमा एउटा नयाँ जीवन भर्नेछ।संगीतका शौकिन र संगीतकारहरुका लागि एकअर्कासँग जोड्ने यसप्रकारको सुविधा ‘पिङ्ग’ भन्दा पहिला ‘माइस्पेस’ नामक वेभसाइटमा उपलव्ध थियो ।
No comments:
Post a Comment