लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २५,लागतार सात पटकसम्म प्रधानमन्त्रीको चुनावमा पराजय बेहोरेका अध्यक्ष पुष्पकमल दाहाललाई उनकै पार्टीका नेताहरुले उमेम्द्वारी फिर्ता लिन सुझाव दिएका छन्। दाहाल निवास नयाँ बजारमा शुक्रबार भएको बैठकमा माओवादी पदाधिकारी बैठकमा सहभागी नेताहरुले उम्मेद्वारी फिर्ता लिएर नयाँ ढंगले अघि बढ्न दाहाललाई सल्लाह दिएका हुन्। दाहालले मधेसी दलहरुको समर्थन प्राप्त हुने विश्वास बढेका कारण अर्को चुनावमा जाने धारणा राखेका छन्। केन्द्रीय कमिटी बैठकका एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको पदाधिकारी बैठकले वैधता गुमाइसकेकाले सरकारलाई कुनै पनि विधेयक ल्याउन नदिने निर्णय गरेको छ। 'काम चलाउ सरकारलाई कुनै पनि विद्येयक ल्याउन दिइदैन'- बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। कांग्रेस एमालेले महराको आवाजको '५० करोड टेप प्रकरण' बारे सदनमा छलफल गरिनुपर्ने माग गरे पनि माओवादीले त्यसविरुद्ध सदनको बैठक अवरुद्ध गर्दै आएको छ। माओवादी अवरोधका कारण आर्थिक ऐन संशोधन विधेयकमा छलफल हुन सकिरहेको छैन। संशोधन विधेयक पारित हुन नसक्दा आर्थिक सन्तुलन कायम गर्न सरकारले सुन आयातमा रोक लगाइरहेको छ।
No comments:
Post a Comment