News

Sep 10, 2010

प्रहरीले ब्याकबेरी सेवा वितरण गरेकोमा आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २४- प्रहरीले नेपालमा सर्भर नराखी ब्याकबेरी सेवा वितरण गरेकोमा आपत्ति जनाएको छ। प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले बुधबार केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन पेस गर्दै नेपालमा छुट्टै सर्भर नराखी ब्ल्याकबेरीको सेवा सुरु गर्दा राष्ट्रिय सुरक्षा र गम्भीर अपराधको अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन्। उनले यस विषयमा सञ्चार मन्त्रालयमार्फत् दूर सञ्चार प्राधिकरण र सेवा प्रदायक संस्था एनसेलसँग छलफल अगाडि बढाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर गर्ने विषयमा सरोकारवाला निकायस"ग छलफल नै नगरी जिम्मेवार सरकारी निकायले हचुवाको भरमा स्वीकृति दिएको महानिरीक्षकको प्रतिवेदनमा उल्लेख छ। सेवा प्रदायक संस्थाले सुरक्षाका सबै प्रबन्ध मिलाएको भनेपछि दूरसञ्चार प्राधिकरणसँगको चार बुँदे सम्झौतामा सुरक्षाका विषयमा प्रस्ट उल्लेख नभएको चन्दले बताएका छन्।

No comments: