लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २९- नागरिकताको माग गर्दै तेस्रो लिङ्गीहरु सिंहदरबार दक्षिण ढोका अगाडि अनसनमा बसेका छन्। तेस्रो लिङ्गीलाई नागरिकता दिन सर्वोच्च अदालतले साढै तीन वर्ष अघि आदेश दिए पनि अहिलेसम्म नागरिकता नपाएको भन्दै उनीहरु अनसनमा बसेका हुन्। प्रधानमन्त्री माधवकुमार नेपाल नागरिकता दिने पक्षमा रहे पनि गृहमन्त्रीका कारण तेस्रो लिङ्गीले नागरिकता नपाएको आरोप सभासद सुनिलबाबु पन्तले बताए। प्रधानमन्त्री आफूहरुको समस्या सम्बोधन नगरुन्जेलसम्म अनसन जारी रहने समेत उनले बताए। नागरिकता नहुँदा तेस्रो लिङ्गीलाई रोजगारी, विदेश भ्रमण, स्वास्थ्य सुविधा, जीवन बीमा गर्ने कार्यमा समस्या खेप्नु परेको तेस्रो लिङ्गी अगुवा भूमिकाले बताइन्।
No comments:
Post a Comment