लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताइवान संसारमै सबैभन्दा कम जन्मदर भएको मुलुक हो । अब यो समस्याबाट छुटकारा पाउनका लागि ताइवान सरकारले एउटा आक्रामक सूचना अभियान चलाउने तयारी गरेको छ।ताइवानी जनताले बढीभन्दा बढी बच्चा जन्माउन भन्ने उद्देश्यले उनीहरुलाई उत्साहित गराउनका लागि सरकारले यस विषयमा नारा लेख्ने प्रतियोगिता पनि गरायो र सबैभन्दा राम्रो नारा लेख्नेको छनोट पनि गरियो ।प्रतियोगितामा २८ हजारभन्दा बढीले भाग लिएका थिए । सहभागी एक जनाले लेखे-बुवाआमा, म आउनका लागि तयार छु, अब हेर्दैछु तपाईको प्रदर्शन गस्तो हुनेछ।तर जुन नारालाई विजेता चुनियो त्यो थियो-बच्चा हाम्रो सबैभन्दा राम्रो जागिर, उत्तराधिकारी हो । प्रतियोगितका विजेतालाई ३१,००० अमेरिकी डलर प्रदान गरियो ।ताइवानको चाइल्ड वेलफेयर ब्युरोका प्रमुख च्याङ सियु युआनका अनुसार सरकारले मात्र नाराले जन्मदर बढ्दैन अरु धेरै गर्नुपर्नेछ भन्ने ठानेको छ।उनले भने यो नाराबाट हामी सबैलाई बताउनेछौ -यो त्यस्तो विषय हो जसमा हाम्रो पुरा समाजले ध्यान दिनु आवश्यक छ। त्यसैले पनि जता हामीलाई उचित लाग्नेछ हामी यही नाराको उपयोग गर्नेछौ।ताइवानमा प्रति १००० व्यक्ति औषतः ८.९ मात्र बच्चा जन्माउछन् । यो जन्मदर विश्वकै कम हो । विश्वमा प्रति १००० व्यक्ति २ बच्चा जन्माउछन् ।ताइवान सरकारलाई बच्चा नजन्माउने हो भने वृद्धहरुको संख्या बढ्ने डर छ, जुन देशको सामाजिक कल्याण योजनाका लागि थप बोझ बन्नेछ। बच्चा जन्माउनका लागि उत्साहित गर्न सरकारले कयौ कल्याणकारी योजना पनि चलाइरहेको छ।ताइवानमा जन्मदर घट्नुको मुख्य कारण हो-अधिकांश महिलाले विवाह नगर्नु । यहाँका अधिकांश विवाह नै गर्दैनन् विवाह गरे पनि बच्चा जन्माउंदैनन् ।महिलाहरुमा बच्चा जन्माएपछि करिअरमा प्रभाव पर्ने डर हुने गरेकोछ। त्यसैले काम लगाउने कम्पनीहरुले पनि बच्चा जन्माउने महिलाहरुलाई त्यो डरबाट बचाउनु आवश्यक छ ।
No comments:
Post a Comment