लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २८ - शान्ति प्रक्रियालाई चार महिनामा पुरा गर्ने चार बुँदे सहमति भएपछि संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन (अनमिन) को म्याद अहिलेकै कार्यादेशमा चार महिना थपिने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुको सोमबार साँझ बालुवाटारमा भएको बैठकले अनमिनको म्याद थप्ने सहमति गरेको हो । सहमतिपत्रमा प्रधानमन्त्री नेपाल र दाहालले हस्ताक्षर गरेका छन् । सहमतिसँगै सरकारले अनमिनको म्याद चार महिना थप्न राष्ट्रसंघलाई पत्र पठाउने छ । माओवादीले पनि सरकारी पत्रको विरुद्धमा पठाएको चिठ्ठी फिर्ता लिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
No comments:
Post a Comment