News

Sep 11, 2010

चिनियाँ टोली राजनीतिक भेटघाट जारी राख्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालय सचिव हि याङ्को नेतृत्वमा नेपाल आएको उच्चस्तरीय टोली आज पनि राजनीतिक भेटघाट जारी राख्ने भएको छ। टोलीले आज राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।टोलीले बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा प्रधानमन्त्री माधवकुमार नेपालसँग, बिहान ११ बजे राष्ट्रपति डा. रामवरण यादवसँग र होटल सोल्टीमा दिउँसो २ बजे एमाले अध्यक्ष खनालसँग भेट गर्ने कार्यक्रम छ।सचिव हि याङ्को नेतृत्वको टोलीले शनिबार एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसका शिर्ष नेताहरुसँग भेट गरी कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने चिनियाँ नीति नरहेको बताएको थियो । टोलीले नेपालको आन्तरिक मामिलामा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने आफ्नो चाहना रहेकोमा जोड दिएको छ।चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सचिव हि याङ्को नेतृत्वमा २२ सदस्यीय टोली शनिबार काठमाडौ आएको हो ।

No comments: