News

Sep 14, 2010

माओवादीले पुरानै कार्यदिशालाई निरन्तरता दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २९,एकीकृत माओवादीले जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई निरन्तरता दिने निर्णय गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले शान्ति, संविधान र राष्ट्रियताका लागि आन्दोलनबाट जाने निर्णयसमेत गरेको छ। दुई साताअघि सुरु भएको बैठक प्रधानमन्त्री चुनावका लागि स्थगित भएर लम्बिएको थियो। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले पेस गरेको तीन छुट्टाछुट्टै राजनीतिक प्रस्तावमाथि बैठकमा छलफल भएको थियो।
'जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलेकै कार्यदिशालाई निरन्तरता दिने निर्णय गर्‍यौं', प्रवक्ता दीनानाथ शर्माले भने। दोस्रो राष्ट्रिय सम्मेलन हुँदै चुनवाङ बैठकले पारित गरेको कार्यदिशालाई थप निरन्तरता दिने निर्णय भएको उनले बताए। उक्त कार्यदिशालाई सफल पार्न तीन स (सडक, सदन र सरकार)को मोर्चा, शान्ति, संविधान र राष्ट्रियतालाई सँगसँगै अघि बढाउने निर्णय पार्टीले गरेको छ।

No comments: