लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जुन मानिसले राम्रो डान्स गर्दछ त्यस्ता व्यक्तिलाई महिलाहरुले अधिक बढी मन पराउने गर्दछन् । तर, आखिर यस्तो किन हुन्छ ? बैज्ञानिकहरुले यसै विषयमा शोध गरेर यसको उत्तर पत्ता लगाएका छन् ।यो शोध नांर्थबिया युनिभर्सिटीका बैज्ञानिकहरुले गरेका हुन् । यो शोध रोयल सोसाइटी जर्नलमा प्रकाशित छ।युनिभर्सिटीका अनुसार डान्स स्टेपमा बैज्ञानिक तरिकाले पहिलो पटक शोध गरिएको हो जसबाट पुरुषको डान्समा कुन कुरा छ जुन महिलालाई आकर्षित गर्दछ भन्ने थाहा हुन्छ।शोधका अनुसार जुन पुरुषले डान्स स्टेप राम्रो गर्दछन् त्यस्ता पुरुषप्रति महिला यसकारण आकर्षित हुन्छन् कि डान्सको स्टेप राम्रो गर्नु स्वास्थ्य रहनुको चिन्ह हो । यसका साथै पुरुषको प्रजनन क्षमता पनि बढी हुने मानिन्छ।यद्यपि शोधकर्ताहरुले युवाहरुलाई प्रयोगशालामा मात्रै नाच्न भनेका छन् । नृत्यका लागि संगीत निकै साधारण थियो । ढोलको संगीतमा युवाहरुको नृत्य रेकर्ड गरेर महिलाहरुको समूहलाई देखाइयो । ती महिलाहरुले उनीहरुलाई १ देखि ७ को बीचको नम्बर दिए।शोधकर्ताहरुले शोध गर्नुअघि महिलाहरुले जुन नम्बर दिनेछन् त्यो युवाहरुको हात र खुट्टा चलाउने तरिका हेरेर दिने सोचेका थिए किनभने यो शरीरको त्यो भाग हो जसले मनको भाव प्रदर्शन गर्दछ। तर महिलाहरुले अंक शोधकर्ताहरुको सोचसँग मेला खाएको थिएन ।महिलाहरुले युवाहरुको नाचको मुल शरीरको भाव हेरेर मुल्याङ्कन गरेका थिए, जस्तो कि कम्मर, टाउको । यसका साथै सबैभन्दा बढी नम्बर त्यसलाई दिइयो जसले फरक फरक प्रकारको स्टेप गरेका थिए । तर महिलाहरुले कसैको बिना कारण शरीरलाई आवश्यकताभन्दा बढी हल्लाउने वा एकै प्रकार दोहोर्याउनु पटक्कै मन पराएनन् ।यसप्रकारको डान्सलाई शोधकर्ताहरुले ‘डैड डान्सिङ्ग’ नाम दिए अर्थात पिताले झै नाच्नु । शोधकर्ताहरुले यस शोधमा पाए कि राम्रो डान्स प्रदर्शन त्यस्ले गर्न सक्दछ जो तनमनदेखि नै स्वास्थ्य छ।
No comments:
Post a Comment