लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, भदौ २६- पूर्व राजा ज्ञानेन्द्र शाह एक धार्मिक कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका छन्। गणपति महोत्सव उद्घाटन गर्न आएका उनलाई विमानस्थलदेखि नै ठूलो सङ्ख्याका राजावादीले स्वागत गरेका थिए। उनले गणेशको मूर्ति पूजा गरेर गणपति महोत्सवको उद्घाटन गरिसकेका छन्। साथै विराटनगर-१२ स्थित जानकी मन्दिरको पूजा पनि गरेका छन्। अहिले उनी होटल रत्नमा शुभचिन्तकहरुसँग भेटघाटमा व्यस्त छन्। बुद्ध एयरको विमानबाट साँढे ११ बजे विराटनगर आइपुगेका शाहलाई समर्थकहरुले भव्य स्वागत गरे। उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नारा लगाउँदै राजनीतिमा सक्रिय हुन आग्रह गरेका थिए।
No comments:
Post a Comment