लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, भदौ २८- सुनसरीका सम्पूर्ण निजी विद्यालय खोल्न ४८ घण्टे अल्टिमेटम दिएर माओवादीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले सोमबार दुई विद्यालय तोडफोड गरेका छन्। निजी विद्यालयमा कार्यरत् शिक्षक युनियन (इस्टु) ले आफ्ना माग पूरा नभएको भन्दै बिहीबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको र सञ्चाकलले असुरक्षाका कारण देखाएर सम्पूर्ण निजी विद्यालयका साँचो आइतबार जिल्ला शिक्षा कार्यालयलाई जिम्मा लगाएका थिए।सञ्चालकले साँचो शिक्षा कार्यालयमा बुझाएपछि क्रान्तिकारीका कार्यकर्ताले शिक्षक र सञ्चालकबीचको विवादले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेका भनेर अल्टिमेटम दिई इटहरीको नर्थ प्वाइन्ट र धरानको सुनसरी टेक्निकल स्कूल तोडफोड गरेका हुन।
No comments:
Post a Comment