News

Oct 1, 2010

माओवादीका अध्यक्ष दाहाल आज मलेसिया जाँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १५- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार मलेसिया जाँदै छन्। उनी एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसनद्वारा मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिने तीन दिवसीय अन्तर्क्रिया कार्यक्रममा भाग लिन जान लागेको पार्टी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए। यसैबीच एकीकृत नेकपा (माओवादी)को आगामी कार्तिक १२ गतेदेखि सुरु हुने भनिएको बिस्तारित बैठकको तयारीका लागि विभिन्न काम भइरहेको जनाइएको छ।सो बैठकमा प्रस्तुत हुने अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र डा बाबुराम भट्टराईको फरकफरक प्रतिवेदन विभिन्न राज्य समिति, जिल्ला समिति र जनमुक्ति सेनाका शिविरमा सुनाउने क्रम जारी रहेको पार्टीले जनाएको छ।विस्तारित बैठकमा एमाओवादीका राज्य समितिका पाँच हजारभन्दा बढी सदस्य उपस्थित हुने बताइएको छ।बैठकस्थल गोरखा जिल्लाको पालुङटार ठाँटीपोखरीलाई छानिएको छ।

No comments: