News

Oct 1, 2010

सैन्य भर्ना अनियमिता भन्दै सुदुरपश्चिम चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सैन्य भर्ना छनौटमा अनियमिता र अन्याय गरेको भन्दै सुदुरपश्चिमका युवाहरुले आजदेखि गरेको दुईदिने चक्काजामका कारण कैलाली कञ्चनपुरलगायत सुदुरपश्चिममा बिहानैदेखि यातायात ठप्प भएको छ ।चक्काजामका कारण सुदूरपश्चिमबाट बाहिरिने र भित्रने यातायातका साधन चल्न सकेका छैनन् । दसैंको मुखैमा एक्कासी गरिएको चक्काजामका कारण सयौ यात्रु र दर्जनौँ सवारीका साधन बीचबाटोमा अलपत्र परेका छन् । सुदूरपश्चिम क्षेत्रका ३ वटा स्थानमा सैन्य भर्ना खोलिए पनि यस क्षेत्रका युवाहरुलाई छनौट नगरेकोमा सुदूरपश्चिमका युवाहरु आन्दोलनमा उत्रिएका हुन् ।कैलालीको तेघरी स्थित बरखगण, कञ्चनपुरको चण्डीप्रसाद गण र भिमदल डोटीमा गरी १ हजारको सङ्ख्यामा सैन्य भर्ना खुलेको थियो । सुदुरपश्चिम क्षेत्रका यूवाहरु दक्ष र सक्षम भएपनि धाँदली गरी अन्य ठाँउका व्यक्तिहरुलाई छनौट गरी सुदुरपश्चिबासीलाई अन्याय गरेको युवाहरुले जनाएका छन् ।सैन्य भर्नामा भएको अनियमितता र धाँधलीको विरोध गर्दै उनीहरुले आज र भोलि दुई दिन सुदुरपश्चिममा चक्काजामको आहृवान गरेका हुन् ।सुदूरपश्चिमका युवाहरुद्वारा जारी गरिएको अपिलमा सैन्य भर्ना प्रक्रियामा गरिएको नातावाद, कृपावाद, घुसखोरी, पक्षपातपूर्ण व्यवहार र धाँधलीको अन्त्य गर्न आम नागरिकमा ऐक्यबद्धता जाहेर गर्न अपिल समेत गरिएको छ ।

No comments: