लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,हङकङ,
आश्विन १७ - हङकङमा क्रियाशिल पत्रकारहरुले 'हङकङ नेपाली पत्रकार संघ' गठन गरेका छन् । आइतबार आयोजित पत्रकारहरुको भेलाले किसन राईको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरेको हो । राई स्थानीय एभरेष्ट साप्ताहिकका सम्पादक हुन । कान्तिपुर दैनिकका हङकङ सम्वाददाता निर्मल श्रेष्ठ सचिव र नेप्सटाइम डट कमका सम्पादक विनय शाह संघका कोषाध्यक्ष रहेका छन् । अन्य सदस्यहरुमा एचके नेपालका पशन तमु र जगत अम्बु गुरुङ, मुलबाटोका अधिराज राई र सुकमाया राई, आलोपालोका देबराज राई, हङकङ नेपालीका इन्द्र एलजी मगर, एभरेष्ट साप्ताहिकका रमेश राई र बगैचा डट कमका अशोक राई छन् । हङकङमा नेपाली पत्रकारिताको विकास र प्रर्वद्धनका साथै आफ्ना हक हित संरक्षणका लागि संघको गठन भएको अध्यक्ष किसन राईले बताए । 'नेपाली पत्रकारिताले हङकङमा एकदशक पार गरिसकेको छ,' राईले भने, 'यस अवस्थामा स्वच्छ पत्रकारिताको विकास सँगै स्वतन्त्र प्रेस रक्षाका लागि समेत संगठनिक रुपमा अघि बढनु आवश्यक देखिएको हो ।' आगामी दिनमा पत्रकारिता क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा क्रियाशिल संघ संस्था तथा व्यक्तिहरुसँग सौहादर्रपूर्ण सम्बन्ध कायम गर्दै अघि बढने उनले बताए । करिब दुई दर्जन क्रियाशिल पत्रकारहरु रहेका हङकङबाट दुई साप्ताहिक पत्रिका प्रकाशित हुनुका साथै आधादर्जन सूचनामुलक वेबसाइट संञ्चालित छन् । हङकङकै जेठो पत्रिका एभरेष्टले यसै बर्ष आफ्नो दसौं बाषिर्कोत्सव मनाएको हो ।
No comments:
Post a Comment