News

Oct 3, 2010

अफगानिस्तानमा गोर्खा राइफल्सका सेनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १७, अफगानिस्तानमा खटिएको बेलायती सेनाको एक नम्बर बटालियन दी रोयल गोर्खा राइफल्सका एक सैनिकको मृत्यु भएको छ। गोर्खा राइफल्स बेलायती सेनामा कार्यरत नेपालीहरुको सैनिक टोली हो। बेलायती सेनाको गोर्खा राइफल्समा नेपालबाट योग्यता पुगेकाहरु संलग्न हुँदै आएका छन् जसमा नेपाली भाषा जान्नु अनिवार्य छ। बेलायती समाचार संस्था बीबीसीका अनुसार पेट्रोलिङमा जाँदा भएको विष्फोटमा परी ती सैनिकको मृत्यु भएको हो। उनको नाम खुलाइएको छैन। अफगानिस्तानको हेलमेन्ड राज्यमा उनको मृत्यु भएको हो। यो मृत्यु सहित बेलायतबाट अफगानिस्तानमा खटिएर मर्ने सैनिकको संख्या सन् २००१ यता ३ सय ३९ पुगेको छ। लेप्टिनेन्ट कर्नेल डेभिड इस्टम्यानले स्थानीयको सुरक्षाको लागि जाने क्रममा गोर्खा सैनिकको मृत्यु भएको बताएका छन्।

No comments: