लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैतडी, आश्विन १८ - माओवादी जिल्ला समितिको बैठकमा कार्यकर्ताबीच कुटाकुट हुंदा चार जना घाइते भएका छन । माओवादी सभासद नरेन्द्र कँवर लगायतको समूहले कुटपिट गर्दा माओबादी जिल्ला सहायक ईन्चार्ज सहित चारजना जिल्ला स्तरीय नेता घाइते भएका हुन । बैतडीको पाटनमा सोमबार दिउंसो ११ बजे बैठक सुरु भएपछि आपसी बिबाद हुदा कुटपिट भएको हो । कुटपिटबाट घाइतेहुनेहरुमा सहायक ईन्चार्ज दलबहादुर धामी, जिल्ला सदस्य गौरीदत्त जोशी 'गौरब', अर्जुन राना 'सुमन' र ईश्वरी भट्ट 'राजिब' घाइते छन ।
पार्टीको नाममा चन्दा असुली गर्दा आर्थिक कारोवार पारदर्शी नभएको विषयमा विवाद भएको स्रोतले जनाएको छ । घाइतेमध्ये गौरीदत्त जोशीको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । चक्कु प्रहारबाट गम्भीर भएको जोशीको दाहिने आंखामा घाउ भएको छ । अन्य तीनजना सामान्य घाइते छन् । कुटपिटमा सभासद नरेन्द्र कुँवर, जिल्ला सहायक ईन्चार्ज दिपेन्द्र कुँवर, जिल्ला सदस्य बिर्खबहादुर कुवँर, अमर धामी, कृष्ण बडु रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नृप शाहले बताए ।

No comments:
Post a Comment