लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १७, 'हाइप्रोफाइल' व्यक्तिहरुलाई यौनकर्मी महिला सप्लाई गर्न सक्रिय समुहका २ 'दलाल'सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। एक वर्षदेखि यस्ता युवती 'सप्लाई' गर्दै आएको दावी गर्दै महानगरिय प्रहरी परिसर काठमाडौंले २ युवती सहित सञ्जिव लामा र सोमबहादुर तामाङलाई नक्सालको टाउन प्लाजाबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार लामा र तामाङले विभिन्न होटल तथा क्यासिनोहरुमा पुगेर ग्राहकको खोजी गर्दै आफुहरुसँग मोडल र 'टेन प्ल्स टु' पढ्दै गरेका युवतीहरु रहेको भन्दै मोलमोलाई गर्ने गरेका थिए। प्राय नेपाल घुम्न आएका विदेशीहरुलाई उनीहरु आफ्नो ग्राहक बनाउँदै आएको प्रहरीले जनाएको छ। प्रक्राउ परेकाहरुले १५ हजारदेखि ५० हजार रुपैयाँमा यौन व्यापार गर्दै आएका थिए।पक्राउ परेका दुबै युवतीले हालै दश जोड दुईको परिक्षा सकाएको र दुबैको परिवार विदेशमा रहेको खुलेको छ। प्रहरीले लामा र तामाङको साथबाट उनीहरुको सम्पर्कमा रहेका करिब ५० जना युवतीको विवरण समेत फेला पारेको छ। पक्राउ चारै जना महानगरिय प्रहरी परिसरको नियन्त्रणमा छन्। प्रहरीले दलालको आरोपमा पक्राउ गरेको २ जनालाई कार्वाहीको प्रकृया शुरु गरी युवतीलाई रिहा गर्ने तयारी गरेको छ।
No comments:
Post a Comment