लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सी १९ गतेदेखि संविधान सभाका विषयगत समितिको प्रतिवेदन संवैधानिक समितिमा पठाउने विषयमा छलफल सुरु हुने भएको छ ।विभिन्न समितिहरुले तयार पारेको मस्यौदामा छलफल गरि संबैधानिक समितिमा पठाउने निर्णय आज बसेको २७ दलको बैठकले गरेको हो । आउँदो १९ गते राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रस्तावित मस्यौदामाथि छलफल हुने एमालेका प्रमुख सचेतक भीम आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार सहमति भएका प्रतिवेदनहरु पारित गरेर र सहमति हुन नसकेका प्रतिवेदन जस्ताको तस्तै संवैधानिक समितिमा पठाइनेछ । आजको बैठकले संविधानसभा नियमावली संसोधन गर्ने निर्णय पनि गरेको छ ।संविधानसभा नियमावलीमा अरु समितिका प्रतिवेदन पारित गरेरमात्र संवैधानिक समितिमा पठाउन पाइने व्यवस्था भएकोमा अव पारित गरेर वा नगरिकनै पनि पठाउन सकिने व्यवस्था गरिनेछपठाउन पाइने व्यवस्था भएकोमा अव पारित गरेर वा नगरिकनै पनि पठाउन सकिने व्यवस्था गरिनेछ ।संवैधानिक समितिमा शीर्ष नेताहरु भएकाले यस्तो निर्णय गरिएको नेताहरुले बताएका छन् ।
No comments:
Post a Comment