लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर/ उपराष्ट्रपति परमानन्द झाले मधेसवादी दलहरूको चुप्पीका कारण राजनीतिक गतिरोध लम्बिएको आरोप लगाएका छन् । प्रधानमन्त्रीको निर्वाचनमा मधेसवादी दलहरू तटस्थ बसेकाले देश अनिर्णयको बन्दी भएको बताउँदै उनले मधेसवादी दलहरूको चुप्पी मधेसका लागि घातक हुने दाबी गरे । मैथिल ब्राह्मण समाज नेपालले शनिबार जनकपुरमा गरेको 'मिथिला गौरव' सम्मान कार्यक्रममा उपराष्ट्रपति झाले देशलाई निकास दिन मधेसवादी दलले आफ्नो तटस्थता भंग गर्न आवश्यक रहेको बताए । उनले जारी गतिरोध अन्त्यका लागि मधेसवादी दलहरूको महत्त्वपूर्ण भूमिका रहने भन्दै मधेसवादी दलहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रहसमेत गरे । समाजले पत्रकार राजेश्वर नेपाली, समाजसेवी मकेश्वरप्रसाद सिंह, रामचन्द्र साह, साहित्यकार प्रा. राजेन्द्र विमल, डा. आरएन झा, मिथिलारत्न गायक कुञ्जविहारी मिश्र, सहिद दुर्गानन्द झा, सहिद डा. लक्ष्मीनारायण झा, हास्यकलाकार रामनारायण ठाकुर, मानवअधिकारकर्मी प्रदीपकुमार झालगायत ३६ जनालाई 'मिथिला गौरव' सम्मान प्रदान गरेको छ ।

No comments:
Post a Comment