News

Oct 3, 2010

फिजीका पूर्वप्रधानमन्त्री महेन्द्र चौधरी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुभा/ फिजीका पूर्वप्रधानमन्त्री महेन्द्र चौधरीलाई प्रहरीले हिरासतमा लिएको छ । पूर्वप्रधानमन्त्री चौधरी फिजीका दोस्रो ठूलो राजनीतिक पार्टी लेबर पार्टीका नेता पनि हुन् ।प्रहरीले उनका अन्य पाँच सहयोगीसहित उनलाई पनि शुक्रबार राति हिरासतमा लिएको जनाएको छ ।उनका कानुनी सल्लाहकार राजेन्द्र चौधरी र उनका छोराले चौधरीलाई प्रहरीले हिरासतमा लिएको पुष्टि गरेका छन् ।उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री चौधरी अहिले पनि प्रहरी हिरासतमै रहेका छन् । प्रहरीले सुरक्षा कानुनको उल्लंघन गरेको आरोपमा उनलाई हिरासतमा लिएको जनाएको छ ।उनीसहित अन्य पाँचलाई पनि प्रहरीले यो आरोप लगाएको छ । तर, उनीहरूलाई पक्राउ भने गरेको छैन ।प्रहरीले सो कानुनको उल्लंघन गर्ने सिलसिलामा उनीहरूले बैठक गरेको समाचार प्राप्त गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।

No comments: