News

Oct 1, 2010

जनमोर्चा नेपाल समूहका नेता अख्तियारको जिम्मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १४ - काठमाडौं परिसरका एसपी रमेश खरेललाई घूस खुवाउन खोज्ने जनमोर्चा नेपाल (भण्डारी) समूहका नेता कृष्णबहादुर जर्ती र सुनील श्रेष्ठलाई प्रहरीले अख्तियारको जिम्मा लगाएको छ । अख्तियारले भ्रष्टचारसँग सम्बन्धित मुद्दा आफ्नो हुने भन्दै माग गरेपछि जिम्मा लगाइएको काठमाडौं परिसरका डीएसपी एवं प्रवक्ता केदार ढकालले बताए । अख्तियार प्रवक्ता ईश्वरीप्रसाद ढकालले विशेष अदालतबाट ६ दिनको म्याद थप गरेको बताए । उनले जर्ती र श्रेष्ठले सरकारी व्यक्तिलाई घूसको अफर गरेकाले अख्तियारमा ल्याइएको बताए ।
जर्ती निलम्बित
यसैबीच जर्ती र श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । जनमोर्चाले बिहीबार विज्ञप्ति जारी गरी घूस प्रकरणमा पार्टीको कुनै संलग्नता नभएको भन्दै निलम्बन गरेको जनाएको हो । उसले केन्द्रीय सचिवालय सदस्य मनबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति समेत बनाएको छ । जर्ती र श्रेष्ठ बुधबार हुनमानढोकामा आफन्तलाई प्रहरीमा भर्ना गर्ने भन्दै घूस दिन खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

No comments: