लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ,विश्वको सर्वोच्च शिखर सगरमाथामा पर्ने वायुमण्डलीय र वातावरणीय परिवर्तनको बारेमा अनुगमन गर्न चीनले विश्वकै सबैभन्दा अग्लो भू-भागमा मल्टिमिडियायुक्त प्रयोगशाला स्थापना गरेको छ ।समुद्रसतहबाट चार हजार २७६ मिटर उचाइको क्षेत्रमा बिहीबार स्थापना गरिएको उक्त प्रयोगशाला विश्वकै सबैभन्दा अग्लो भू-भागको प्रयोगशाला भएको स्थानीय अङ्ग्रेजी दैनिक चाइना डेलीले आज जनाएको छ ।वातावरणीयरुपमा विश्वकै कमजोर ठानिएको सगरमाथा क्षेत्रको जलवायुको तथ्याङ्क सङ्कलन गरिरहेका चिनियाँ वैज्ञानिकलाई उक्त प्रयोगशालाले स्थायीरुपमा डिजिटल तथ्याङ्क उपलब्ध गराउनेछ ।जलवायु परिवर्तनले विश्वको तेस्रो ध्रुवमा पार्ने असरका बारेमा भइरहेको अध्ययनका लागि उक्त कार्य आवश्यक रहेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।चिनियाँ विज्ञान प्रतिष्ठानले सन् २००४ देखि सगरमाथा क्षेत्रको जलवायु परिवर्तन र त्यसबाट पर्ने असरको बारेमा निरन्तररुपमा अनुगमन र अध्ययन गरिरहेको पनि चाइना डेलीले उल्लेख गरेको छ ।
No comments:
Post a Comment