News

Oct 5, 2010

कार्यकर्ता कुट्ने सभासद् र वाईसीएल केन्द्रीय सदस्य निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैतडी, आश्विन १९ - कार्यकर्तामाथि आक्रमण गरेको आरोप लागेका माओबादी सभासद नरेन्द्र कुँवर र वाईसीएल केन्द्रीय सदस्य तथा बैतडी सह-ईन्चार्ज रणबहादुर कुँवरलाई माओवादीले पार्टीबाट निलम्बन गरेको छ । सोमबार सुरु भएको माओबादीको जिल्ला बैठकमा सभासद कुँवर लगायतको समुहले आक्रमण गर्दा जिल्ला कमिटी सदस्य गौरिदत्त जोशी लगायतका चारजना नेता कार्यकर्ता घाइते भएका थिए । जोशीलाई छुरी प्रहार गरिएको थियो । आक्रमणको घटनालाई लिएर माओवादीको सेती महाकाली राज्य समितिले दुबैजनालाई निलम्बन गरेको हो ।
सेती महाकाली राज्यसमिति इन्चार्ज धर्मेन्द्र बाँस्तोलाले मंगलबार विज्ञप्ती जारी गर्दै 'नियोजितरुपमा बैठक बिथोल्न हुल हुज्जत गरि जिल्ला कमिटी सदस्य गौरिदत्त जोशीलाई बनाएको र जिल्ला सह इन्चार्ज दलबहादुर धामीमाथि हमला गरिएको' उल्लेख छ । यस्तै सभासद रेणु चन्दमाथि अभद्र ब्यवहार गरिएकोले दुबैजनलाई नसुध्रन्जेलसम्मका लागि निलम्बित गरिएको विज्ञप्तीमा उल्लेख छ ।
छानबिन समिति गठन
यसैबीच माओवादीले घटना छानबिनका लागि लागि सेती महाकली राज्य समिति सह इन्चार्ज भिम कडायतको अध्यक्षतामा तीन सदस्यीय छानबिन ओयोग समेत गठन गरेको छ । निलम्बित दुबैजनालाई पार्टी सामान्य सदस्य रहने भएपनि जिम्मेवारी भने नरहने बताइएको छ । सोमबार बसेको माओबादी जिल्ला बैठकमा सभासद कुवर पक्ष र अर्की सभासद रेणु चन्द पक्षबिच झडप हुँदा चार जना घाइते भएका थिए । कुँवर क्षेन १ वाट र चन्द २ वाट निर्वाचत सभासद हुन् ।

No comments: