News

Oct 5, 2010

राजतन्त्रको माग गर्दै नयाँ पार्टी खुल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १८ - बहुदलीय संवैधानिक राजतन्त्रको स्थापना र हिन्दु अधिराज्यको घोषणा हुनुपर्ने अवधारणा सहित "राष्ट्रवादी जनता पार्टी" स्थापना भएको छ। नवगठित पार्टीको अध्यक्ष कृष्णप्रसाद शाही रहेका छन्। राजधानीमा आज पार्टी गठन तथा पार्टीको भावी रणनीतिका बारेमा जानकारी दिन पत्रकार सम्मेलन समेत गरिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले नेपाललाई हिन्दु अधिराज्यको घोषणा गर्ने अभियानमा पार्टीले सशक्त कदम चाल्ने बताए। सो पार्टीको उपाध्यक्षमा दोर्जे लामा, सचिवमा अनिल क्षेत्री, कोषाध्यक्षमा सुरेशकुमार क्षेत्री र ११ जना सदस्य रहेका छन्।

No comments: