लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १८,अमेरिकाले सन् २०१२ का लागि भोलि (अक्टोबर ५) देखि डिभी (अमेरिका बसोबाससहितको भिसा) फर्म भर्न खुला गरेको छ। नेपालस्थित अमेरिकी दूताबासले जनाएअनुसार यो डिभी भर्ने म्याद नोभेम्बर ३ मा सकिनेछ। यो पटकको डिभी भर्न तीन वटा नियम परिवर्तन भएको पनि दूताबासले जनाएको छ।
दूताबासले निकालेको डिभीसम्बन्धी विज्ञप्तिको पूर्ण पाठ
अमेरिकी राजदूतावास पब्लिक अफेयर्स कार्यालयकाठमाडौं, नेपालफोन : ४००–७२००असोज १८, २०६७सन् २०१२ डाइभर्सिटी भिसाको लागि आवेदन दर्ता खुलासन् २०१२ डाइभर्सिटी भिसा कार्यक्रमको अनलाइन आवेदन दर्ता भोलि २०१० अक्टोबर ५ तारिखमा खुल्नेछ र नोभेम्बर ३ तारिखमा बन्द हुनेछ।
सन् २०१२ को कार्यक्रममा तीनवटा महत्वपूर्ण परिवर्तनहरू भएका छन् :
१. आवेदकहरूले ३० दिनको दर्ता अवधिभित्र अनलाइन मार्फत आवेदन दर्ता गर्नुपर्दछ।
२. आवेदकहरूले आफू छनौट भए नभएको डाइभर्सिटी भिसाको वेबसाइटमा गएर हेर्नुपर्दछ। बिजेताहरूले हुलाक मार्फत चिठी प्राप्त गर्नु हुने छैन।
३. आवेदकहरूले ३०० डीपीआई (डट्स पर् ईन्च) वा राम्रो रेजोल्युसन भएको फोटो अप्लोड गर्नु पर्दछ। यसका अलावा काठमाडौंस्थित अमेरिकी राजदूतावास डाइभर्सिटी भिसाका आवेदकहरूलाई एकपटक फेरि यस कार्यक्रमबारे केही महत्वपूर्ण जानकारी दिन चाहन्छ : डाइभर्सिटी भिसा चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्दैन।
No comments:
Post a Comment