News

Sep 1, 2011

थरुहट बन्दको कारण जनजिवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिभिन्न माग राख्दै थरुहट तराई पार्टीले आव्हान गरेको बन्दको कारण जनजिवन प्रभावित भएको छ । संविधानसभा खारेज गर, ताजा जनादेश लिन चुनाव गर लगायत आठ सूत्रीय माग राख्दै थरुहट तराई पार्टीले बिहीबारबाट दुई दिने थरुहट प्रदेश बन्दको आव्हान गरेको हो । बन्दका कारण विहानै देखि बर्दियाको जनजिवन प्रभावित बनेको छ । यहाँबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यसै गरि गुलरिया, राजापुर, भुरीगाउँ, बासगढी, मैनापोखर लगायतका पसल बन्द छ्न् भने बन्दको असर शिक्षण संस्थान, कलकारखानामा परेको छ । बिहीबार राति थरुहटका कार्यकर्ताले राजापुरमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।

No comments: