News

Sep 1, 2011

नाइजेरियामा बाढीका कारण १ सय २ भन्दा बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नाइजेरियाको दक्षिण पश्चिमी शहर इवादानमा भीषण वर्षा पछि आएको बाढीका कारण १ सय २ भन्दा बढीको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश बालबालिका रहेको नाइजेरियाली रेडक्रसले जनाएको छ । २ हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीका कारण पुलहरु भत्किनुका साथै धेरै घर बगाएको अधिकारीहरुले जनाएका छन् । नाइजेरियामा वर्षाको समयमा बाढीको घटना सामान्य मानिन्छ । गत वर्ष मात्र त्यहां बाढीका कारण ५ लाख मानिस विस्थापित भएका थिए ।

No comments: