लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २५ - संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले सभासद् रामकुमार शर्मालाई धम्की दिने भारतीय दूतावासमा कर्मचारी सुब्रत दासलाई 'अबञ्छित व्यक्ति' घोषणा गरी स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । साथै घट्नाप्रति दुतावासले आत्मलोचना गराउने पहल कदमी गर्न पनि भनेको छ । मंगलबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई बोलाएर गरेको छलफलपछि समितिले उक्त अमर्यादित व्यवहारले सिंगो राष्ट्रिय स्वाधिनतामाथि नै आघात पर्याएको ठहर गरेको हो ।
समितिले भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूतका रुपमा आएका पूर्व राजदूत श्यामशरणको नेपाल भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर भारतीय दूतावासले कूटनीतिक मर्यादा भंग गरेकोसमेत ठहर गरेको छ ।

No comments:
Post a Comment