लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक महिनामा मात्र मलेसिया गएका २१ जना नेपाली मजदुरको ज्यान गएको छ। विभिन्न घटना दुर्घटनामा गएको जुलाई महिनामा २१ जना नेपाली मजदुरको ज्यान गएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। सन् २०१० को सात महिनाको संख्यालाई हेर्दा जुलाईमा सबैभन्दा धेरै मजदुरको ज्यान गएको नेपाली दूतावास मलेसियाका उप-नियोग लेखनाथ भट्टराईले जानकारी दिनुभयो। त्यसअघिका ६ महिनामा जनवरीदेखि जुलाईसम्म ८१ जना मजदुरको ज्यान गएको थियो। तीमध्ये केहीले आत्महत्या गरेको अधिकांशको सडक दुर्घटना कम्पनी दुर्घटना र दीर्घरोगका कारण ज्यान गएको दूतावासको रिपोर्टमा उल्लेख छ। चर्को ब्याजमा ऋण कारेर कमाइ गर्न आए पनि भनेजस्तो काम र कमाइ नभएपछि केहीले आत्महत्या गर्ने गरेको मलेसियाबाट प्रकाशित हुने नेपाली पत्रिका नयाँ संघर्ष साप्ताहिकका प्रकाशक धनबहादुर खड्काले जानकारी दिए। सअघि धेरै आत्महत्या गरेको महिनाको सूचीमा अप्रिल अगाडि थियो उक्त महिनामा तीन जनाले आत्माहत्या गरेका थिए’ खड्काले इमेलमार्फत नेपाल समाचारपत्रलाई जानकारी दिँदै लेखेका छन्- त्यसलाई नाघेर जुलाईमा ५ जनाले आत्महत्या गरेका छन्।
No comments:
Post a Comment