News

Aug 11, 2010

सेनाको उत्सवीय र कवाजी पोशाक परिवर्तन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६,नेपाली सेनाको उत्सवीय र कवाजी पोशाक परिवर्तन गरिएको छ। पोशाकलाई मौसम अनुकूल र समयसापेक्ष बनाउन अत्यावश्यक भएकाले हाल प्रयोगमा आइरहेको उत्सवीय तथा कवाजी पोशाक परिमार्जित गरी नयाँ लागू गरिएको सेनाले जनाएको छ। नेपाल सरकार, मन्त्री परिषदको २०६७ साल साउन २१ गतेको निर्णयबाट सेनाका यी दुई पोशाक परिवर्तन गर्न स्वीकृति दिइएको थियो। परिमार्जित उत्सवीय पोशाकमा मिलिटरी रङको कोट, पाइन्ट, हल्का हरियो रङको सर्ट, ओलिभ ग्रिन रङको टाई, पेटी तथा साबिकबमोजिमको जुत्ता र फरेश क्याप समाबेश हुने जानकारी पनि सेनाले दिएको छ। त्यसैगरी सैनिक कवाजमा माथि उल्लेखित पोशाकमा सस्पेन्सनसहितको छालाको पेटी प्रयोग हुने पनि उसले जनाएको छ।

No comments: