News

Aug 11, 2010

भारतीय दूतावासको प्रतिक्रियाप्रति माओवादीको असहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले आफ्ना सभासद् रामकुमार शर्मालाई दिइएको भनिएको धम्कीका विषयमा भारतीय दूतावासले दिएको प्रतिक्रियाप्रति माओवादीले असहमति जनाएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारीको बैठकले दूतावासको प्रतिक्रिया वास्तविकतामा आधारित नरहेको ठहर गर्दै धम्कीका विरुद्ध थप कदम चाल्ने निर्णय गरेको छ। तर, कस्तो कदम चाल्ने विषयमा भने निर्णय भइनसकेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।सभासद एवम् केन्द्रीय सदस्य शर्माले यसअघि नै भारतीय दुतावासका कर्मचारीले आफूलाई हत्या र अपहरण गर्ने जस्ता धम्की दिएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो।माओवादीले धम्की दिने कर्मचारीलाई कार्वाही गर्नु पर्ने वा स्वदेश फिर्ता गर्नुपर्ने बताउँदै आएको छ। बैठकमा बिहीबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डाका बिषयमा पनि छलफल भएको थियो।तर, बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा भने तय गर्न सकेन। एजेण्डा तय गर्न बिहीबार बिहान पुनः पदाधिकारी बैठक बस्ने भएको छ।बुधबारका लागि तय गरिएको माओवादी केन्द्रीय समितिको बैठक बिहीबार बिहानसम्मका लागि सारिएको छ।

No comments: