लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २६ - नेकपा माले (समाजवादी)की सभासद् शारदा नेपालीलाई बुधबार दिउँसो अपहरणको प्रयास भएको छ । बानेश्वर हाइटस्थित पुजा प्रतिष्ठान नजिकै रहेको निवासबाट निस्कनेक्रममा अपरिचित युवकहरुले अपहरणको प्रयास गरेका थिए । मोटरसाइकलमा रहेका अपरिचित युवकहरुले अपहरणको प्रयास गरेपछि सभासद् नेपालीले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले उनको निवासमा प्रहरीले सुरक्षा दिइरहेको छ । सभासद् नेपाली नेकपा माले विभाजित भएपछि बनेको समाजवादीमा प्रवेश गरेकी हुन् । उनले माले अध्यक्ष सीपी मैनाली र आफ्नै श्रीमानले तनाव दिएको भन्दै विष पिएकी थिइन् ।
No comments:
Post a Comment