लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङ्बुङ
अगष्ट १०, २०१०/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहजीकरणमा आज साउन २५ गते दुई खम्बुवान संगठन खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच दोस्रो चरणको औपचारिक वार्ता हुँदैछ । वार्ताको सहजीकरणका लागि मञ्च तथा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक' मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे राई, तामाङसालीङका कार्यवाहक अध्यक्ष सिङमान तामाङ र लिम्बुवानका महासचिव सूर्य माखिमलगायत रहेकाछन् । वार्तामा मोर्चा र फ्रन्ट दुबैको पक्षका प्रतिनिधिहरुको सहभागिता रहेको छ । वार्ताले खम्बुवान पक्षधर दुबै संगठनलाई एकता गरी एकीकृत रुपमा खम्बुवानको आन्दोलनलाई सशक्तताका साथ उठाउने वातावरण बनाउने अपेक्षा गरिएको छ । वार्ता सफल भए दुबै संगठनको सहभागिता र पहलमा यथासीघ्र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध खम्बुवान स्वायत्त राज्य परिषदको नयाँ स्वरुप निर्माण गर्नेसमेत योजना रहेको छ । पहिलो औपचारिक वार्ता मञ्चकै सहजीकरण र संयोजनमा यही साउन १५ र १६ गतै काठमाडौंमा सम्पन्न भएको थियो ।यसैगरी, साउन २४ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र अन्य दबाब समूहबीच पनि लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेका प्रतिनिधि दिल सम्बाहाङ्को संयोजनमा बिर्तामोडमा पहिलो वार्ता सम्पन्न भएको छ । सो वार्ताले ती संगठनहरुबीच आपसी वार्ताको ढोका खोलेको जनाइएको छ ।
No comments:
Post a Comment