लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कीर्तिपुर,त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह हटाएको विरोधमा सङ्घर्षरत ११ विद्यार्थी सङ्गठनको आयोजनामा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि आज विद्यार्थीले जुत्ता पालिस गरेर साङ्केतिक विरोध गरेका छन् ।उच्च माध्यमिक शिक्षाको उचित व्यवस्थापन हुन नसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेजी गरेर विद्यार्थीको अध्ययन गर्न पाउने अधिकारलाई कटौति गरेको भन्दै विद्यार्थीले साङ्केतिक प्रदर्शन गरेका हुन् ।पढ्न पाउनुपर्ने विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयको गैरजिम्मेवार निर्णयका कारण आफ्नो अधिकारबाट बञ्चित हुनुपरेको बताउँदै आन्दोलनरत विद्यार्थी सङ्गठन अनेरास्ववियु ( पाँचौं) का अध्यक्ष भाष्कर काफ्लेले प्रमाणपत्र तहको खारेजीले पढ्ने अवसर कटौती भएका कारण जुत्ता पालिस गर्नुको बिकल्प नभएको भन्दै विद्यार्थीले साङ्केतिक रुपमा जुत्ता पालिस गरेर प्रदर्शन गरेको बताउनुभयो ।दोस्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रमका रुपमा साङ्केतिक बिरोध जनाइएको बताउँदै उहाँले जायज मागप्रति विश्वविद्यालयले बेवास्ता गरेका कारण तेस्रो चरणका कार्यक्रम चाँडै नै सार्वजनिक गरिने जानकारी गराउनुभयो ।
No comments:
Post a Comment