लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज/ सीमाक्षेत्रमा नेपाली उपभोक्तामाथि एसएसबीको ज्यादति बढेको भन्दै भारतीय व्यापारीले आइतबार नेपालगन्जको सीमावर्ती रुपैडियाबजार बन्द गराएका छन् । सो बजार नेपाली उपभोक्तामा निर्भर छ । व्यापारीले भारतीय सीमा सुरक्षा बल र सीमाथानाको विरोध गर्दै आइतबार बजार बन्द गराएका हुन् ।
भारतबाट विभिन्न सामान लिएर र्फकने क्रममा नेपाली उपभोक्तालाई सीमा सुरक्षा बल र थानाका सुरक्षाकर्मीले अभद्र व्यवहार गर्ने, दबाबमा पारेर रुपैयाँ माग्नेलगायत कार्य तत्काल बन्द हुनुपर्ने उनीहरूले माग गरेका थिए । नेपालीमाथि भएको ज्यादतिविरुद्ध दबाबस्वरूप बजार बन्द गर्ने निर्णय गरिएको राष्ट्रिय व्यापार मण्डल रुपैडिया अध्यक्ष विजयकुमार मित्तलले बताए ।राष्ट्रिय व्यापार मण्डल र उत्तरप्रदेश उद्योग व्यापार संघ रुपैडियाले संयुक्त रूपमा भारतीय बजार बन्द गराएका हुन् । मित्रराष्ट्रका नागरिकलाई भारतीय सुरक्षाकर्मीले गर्ने दुव्र्यवहारका कारण आफूहरूको व्यापार व्यवसाय प्रभावित भएको उनीहरूले बताएका छन् ।

No comments:
Post a Comment