लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कीर्तिपुर,त्रिभुवन विश्वविद्यालय र कीर्तिपुरका स्थानीयवासीबीच विगतमा गरिएका सहमतिको कार्यान्वयनको माग गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरेका कीर्तिपुरका स्थानीयवासीले आज शिक्षाशास्त्र केन्द्रीय विभागको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।कीर्तिपुरवासीसँग गरिएका पटकपटकका सहमति कार्यान्वयन नगरी मनोमानी ढङ्गबाट कर्मचारी भर्ना गर्नेक्रम बढेको भन्दै सङ्घर्षर्रत स्थानीयवासीले शिक्षाशास्त्र केन्द्रीय विभागमा मनोमानी रुपमा कर्मचारी भर्ना गरिएको तथ्यहरु प्राप्त भएको भन्दै तालाबन्दी गरेका हुन् ।शिक्षाशास्त्र केन्द्रीय विभागमा वैशाख महिनायता विभागीय प्रमुख प्रा.डा.दामोदर ज्ञवालीले आफ्ना निकटका व्यक्तिहरु कर्मचारीको रुपमा भना गरेकाले तालाबन्दी गर्नुपरेको स्थानीय संघर्ष समितिका सदस्य एवम् त्रि.वि.कीर्तिपुर सरोकार मञ्चका संयोजक वीरेन्द्र शाक्यले बताउनुभयो ।आफूहरुको सङ्घर्ष विभागीय प्रशासनसँग भएको बताउदै उहाँले विद्यार्थीहरुको अध्ययन कार्यमा भने कुनै अवरोध नगरिने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment