लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
सन् २०१० अगष्ट ८ तारीख आइतवारको दिन हङकङस्थित साम सुइ पो स्पार्ट सेन्टरमा चि दो ताइ क्वान दो एसोसिएसन्को संयोजनमा ६ देखि १७ वर्षउमेर सम्मको महिला तथा पुरुष खुल्ला प्रतिस्पर्धा ताइ क्वान दो खेल इस्पायरीङ र पुम्से(प्याटन)मा ६ देखि माथी सवै उमेरका खेलाडीहरु खुल्ला ताइ क्वान दो खेलमा हङकङका थुप्रै क्लवका खेलाडीहरुले सहभागीता जनाएका थिए । त्यस अन्तर्गत एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा ४२ महिला तथा पु रुष सहभागी मध्ये ३२ जना खेलाडीहरुले मेडल प्राप्त गरेका थिए । त्यस मध्ये इस्पायरीङ गोल्ड मेडल तर्फमा सरीन रार्इ, राहुल रार्इ,पृथ्वी गुरुङ र सिल्भर मेडल तर्फमा रोना लिम्वु,प्रतीक थापा मगर तथा ब्राउन्ज मेडल तर्फमा युनिक लिम्वु,बब डिलन गुरुङ,अनिस गुरुङ,नर कुमार लिम्वु,सन्जु गुरुङ रहेका छन् । पुम्से(प्याटन) खुल्ला ताइ क्वान दो खेलमा गोल्ड मेडल सुवित सम्वाहाम्फे (लिम्वु),नर कुमार लिम्वु,डिलन गुरुङ,गम्भिर चाहात,सिती विजीयातुङ (जेजे),मुस्वी तानीया र सिल्भर मेडलमा नोनी खुम्सीयाती,सीतल लिम्वु,श्रीभुमियाती तथा ब्राउन्ज मेडल तर्फमा सरीन रार्इ,निङवा लिम्वु,सविता लिम्वु,स्टेभेन गुरुङ,युनिक लिम्वु,अनिस गुरुङ,फेलेक्स लिम्वु,नर कुमार लिम्वु,प्रतीक पुन मगर,सुजन्त जङ शाह,याम रार्इ,गम्भिर तानीका,गम्भिर चिराग रार्इ,इइस् वाती (इभा),मार्टीनी,तुमीनी,सिती मार्फोस् ,सुवान्ती,तुतीक,फारीयानी रहेका छन् । सम्पूर्ण खेलहरुमा ९ वटा ट्रफी,९ गोल्ड मेडल,५ सिल्भर २२ ब्राउन्ज गरी जम्मा ३७ मेडल प्राप्त गरेका थिए । यस मेडल प्राप्त गर्नमा प्रमुख भूमिका एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक मास्टर रविन कुमार नाल्वोको छ भने एसिस्टेन इन्स्ट्रक्टर भूमिकाको रुपमा दिल प्रसाद लिम्वु,मिलन रार्इ,केशव तुम्वाहाम्फे प्रविन लिम्वु,सिजन गुरुङ रहेका छन् । स्मरण रहोस् हङकङमा रहेका ताइ क्वान दो खेलको क्लवहरु मध्ये एभरेष्ट ताइ क्वान दो एकेडेमी पहिलो दर्जामा पर्दछ । यहि क्लवबाट अहिले सम्ममा सवै भन्दा धेरै खेलाडीहरुले मेडल प्राप्त गर्दै आएका छन् । एभरेष्ट ताइ क्वान दो एकेडेमीका खेलाडीहरु भन्दा कमले मात्र अन्य क्लवका खेलाडीहरुले मेडल प्राप्त गरेका थिए ।
No comments:
Post a Comment