News

Aug 11, 2010

ओलीले राखेको प्रस्ताव नमानेपछि 'नोट अफ डिसेन्ट'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६- प्रधान मन्त्री चयनका लागि एमालेले भदौ २ गतेअघि नै कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गर्नुपर्ने नेता केपी ओलीको प्रस्ताव नमानी अध्यक्ष झलनाथ खनालले भदौ ३ गतेमात्र केन्द्रीय समिति बैठक तय गरेपछि उपाध्यक्षलगायत् २० जनाले 'नोट अफ डिसेन्ट' जनाएका छन्। यसरी नोट अफ डिसेन्ट जनाउनेमा उपाध्यक्ष विद्या भण्डारीलगायत् ओली नजिक भनी चिनिएका नेताहरु छन्। ओलीले एमालेका कारण मुलुक अनिर्णयको बन्दी बन्न नहुने भन्दै कुनै एउटा निर्णयमा पुग्नुपर्ने तर्कसहित यो प्रस्ताव राखेका थिए। तर यसलाई बेवास्था गरी अध्यक्षले अर्को बैठकको मिति भदौ ३ लाई तोकेका थिए। जबकि प्रधान मन्त्रीको अर्को चुनाव भदौ २ गते हुँदैछ।आजैको केन्द्रीय समिति बैठकले राष्ट्रिय सहमति निर्माणको आधार खोज्ने निर्णय पनि गरेको छ। केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका स्थायी समिति सदस्य नेता प्रदीप ज्ञवालीले २ भदौको प्रधान मन्त्री चुनावसम्मै सहमतिका आधार खोजिने र त्यो सम्भव नभए एमाले तटस्थ रहने जानकारी दिए।

No comments: