News

Aug 12, 2010

माओवादीले सांसद किनबेच भएको भन्ने आरोपको भर्त्सना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २७- माओवादीले आफ्नो पार्टीद्वारा सांसद किनबेच भएको भन्ने आरोपको भर्त्सना गरेको छ। भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त आरोप निराधार भन्दै भ्रामक आरोपका पछि नलाग्न पनि भनेको छ। उसको अर्को बैठक एमालेकै बैठक हुने दिन भदौ ३ गते तोकिएको छ। माओवादीलाई गएका प्रधान मन्त्री चुनावमा ठूलो रकमको प्रलोभन दिएर सांसद किनेको आरोप लाग्दै आएको छ। खासगरी मधेशी सांसदहरुले आफूहरुलाई माओवादीले आर्थिक प्रलोभन देखाएको खुलयाम बताउँदै आएका छन्।बैठकले प्रधान मन्त्रीको चुनावमा सक्रियतासाथ लाग्ने कामलाई निरन्तरता दिने निर्णय पनि गरेको छ। आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि एमालेलगायतसँग छलफल जारी राख्‍ने निर्णय पनि बैठकले गरेको छ।यसबीचमा राष्ट्रिय सहमतिका लागि प्रयास यसअघि झैं जारी राख्‍ने पनि बैठकले निर्णय गरेको छ। केन्द्रीय समितिको अर्को बैठक भदौ ३ गते बस्नेछ। यसअघि एमालेको केन्द्रीय समिति बैठक पनि भदौ ३ गते नै बस्ने तय भएको थियो।

No comments: