लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली, साउन २८,युनाइटेड अरब इमिरेट्सले सुरु गरेको ब्ल्याकबेरीमाथिको प्रतिवन्ध सिंगै भारतीय उपमहाद्विपभरि फैलन थालेको छ। साइबर सुरक्षाका प्रावधानहरु लागु नगरे यही अगष्टपछि भारतमा ब्ल्याकबेरीमाथि प्रतिवन्ध लगाउने तयारी सरकारले गरेको छ। ब्ल्याकबेरीको मुख्य सर्भर यसको निर्माता रिसर्च इन मोसन (रिम)सँगमात्र हुने हुँदा यसबाट आतंकवादी हमलामा सहयोग पुगेको उच्च सरकारी अधिकारीहरुको छ। क्यानडिएन कम्पनी रिमलाई भारतीय सुरक्षा अधिकारी, दूरसञ्चार क्षेत्रको नियामक संस्थाले यही अगष्ट ३१ सम्मको म्याद दिएका छन्। अगष्ट ३१ सम्म प्राविधिक रुपमा अहिलेको समस्या समाधान गर्न या त्यसपछि प्रतिवन्धलाई सामना गर्न रिमलाई निर्देशन दिएको छ। विहीबार सरकारले ब्ल्याकबेरीमा रहेको साइबर सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएको हो। आउँदो ३१ तारिकसम्म पनि प्राविधिक समाधान ननिकाले प्रतिवन्ध लगाउने संकेत दिएको छ।
No comments:
Post a Comment