लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा सरकारको नियमित कामकारबाही र विभागीय कार्यसंचालनमा परेका अप्ठ्याराहरुका विषयमा छलफल हुनेछ।बैठकमा नयाँ प्रधानमन्त्री चयन हुन नसक्दा सरकारको दैनिक तथा विभागीय कार्यसंचालन गर्न अप्ठ्यारो परिरहेको गुनासो आएपछि कसरी सहज पार्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ।माधवकुमार नेपाल नेतृत्वको सरकारले राजीनामा दिएको झण्डै डेढ महिना बितिसक्दा पनि नयाँ प्रधानमन्त्री चयन हुन सकेको छैन ।यसअघि बस्ने तय भएको बैठक कांग्रेसबाट सहभागी मन्त्रीहरु उपस्थित हुन नसक्ने जनाएपछि स्थगित गरिएको थियो ।
No comments:
Post a Comment