लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६- काठमाडौंमा छापामार भित्र्याउन कोसिस गर्ने सममुक्ति पार्टीका अध्यक्ष ठाकुरचन्द्र गहतराज पक्राउ परेका छन्। कम्ब्याक्ट सहित उपत्यका छिर्ने प्रयास गर्ने पार्टीका १६ जना पाँच दिन अगाडि पक्राउ परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। बिहीबार गहतराजलाई पुतली सडकबाट पक्राउ गरेको हो।
प्रहरीले साउन २१ गते नागढुंगावाट सममुक्ति सेनाका १६ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये नौ जनालाई रिहा गर्दै प्रहरीले बाँकी ८ जनालाई हिरासतमा राखेर सार्वजनिक अपराध ऐन अर्न्तगत कार्वाही प्रकृया अगाडि बढाएको छ। अनुशन्धानबाट गहतराजको निर्देशनमा संविधान सभा भवन घेर्न कम्ब्याक्ट र सममुक्ति सेनाको परिचयपत्र सहित पार्टीका कार्यकर्ता धादिङबाट बसमा काठमाडौं आएको खुलेपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो।
प्रहरीकाअनुसार बाग्लुङ्ग बिहु-१ का ४० वर्षीय गहतराज मंगलवार बेलुका पुतलीसडकमा रहेको जानकारीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी परिसर पुर्याएको हो। प्रहरी हिरासतमा रहेका गहतराजले पार्टीका सैन्य कमान्डर इन चिफ श्याम लामाले पार्टीको अनुमति नै नलिई सेना लिएर प्रधानमन्त्री माधवकुमार नेपालको अपहरण गर्न काठमाडौं आएको बयान दिएका छन्।
उनले बयान लिने प्रहरीलाई आफूले लामाको योजनाको बारेमा प्रधानमन्त्री नेपाललाई टेलिफोनवाट जानकारी गराएर पक्राउ गर्न लगाएको दावी गर्दै आफूलाई हिरासतमा नराख्न प्रहरीलाई धम्क्याएका थिए।
बयान लिएका प्रहरी अधिकृतका अनुसार गहतराजले आफ्नो पहुँच माथिल्लो तहसम्म रहेको र हिरासतमा राखे प्रधानमन्त्री नेपाल आफैं छुटाउन आउने भन्दै प्रहरीलाई उल्टो थर्काएपछि काठमाडौं परिसरले उनलाई सार्वजनिक अपराध ऐन अर्न्तगत कार्वाही प्रकृया शुरु गरेर हिरासतमा राखेको छ।

No comments:
Post a Comment