News

Aug 11, 2010

मञ्च सम्वद्ध संलिराप हङकङको क्षेत्रिय इलाका कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/श्याम इङ्नाम
संघीय गणतान्त्रिक नेपालको अव वन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मानिर्णय अधिकार सहितको विशिष्ट स्वायत्त राज्य हुनु पर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण - सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु सहितको हुनु पर्छ भन्दै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सि.सि.ओ.अभियान अन्तर्गत न्यू टेरिटोरिज क्षेत्रिय कार्य समिति गठन भएको छ । १ अगष्ट २०१० का दिन न्यू टेरिटोरिज स्थित युनलङको घडी पार्कमा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको वृहत भेलाले श्री प्रेम नेम्बाङको अध्यक्षतामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अर्न्तर्गत (मातहत) को न्यू टेरिटोरिज -ल्त्) क्षेत्रिय इलाका कार्य समितिको गठन गरेको छ । उक्त भेलामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष नबराज काम्बाङ्गको आथित्यमा भएको थियो भने कार्यक्रम सञ्चालन सुरज फियाक लिम्बुवाट भएको थियो । उक्त भेलाले तल दिए वमोजिमका व्यक्तिहरुलाई पदाधिकारीहरुमा र्सव-सम्मत चुनेको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद,न्यू टेरिटोरिज क्षेत्रिय कार्य समिति, हङकङ
१. अध्यक्ष प्रेम नेम्वाङ
२. उपाध्यक्ष अजित चेम्जोङ
३. सचिव सुरज फियाक लिम्बु
४. अर्थ - सचिव चेत नेम्बाङ
५. सदस्य याम वहादु सेम्वु
६. सदस्य पूर्ण कुमार माखिम
७. सदस्य रोशन थाम्सुहाङ
८. सदस्य अमर चेम्जोङ
९. सदस्य भुपेन्द्र पोमु
१०.सदस्य टेक वहादुर आङ्देम्वे
११.सदस्य तुपुर नेम्बाङ
१२.सदस्य लक्ष्मी प्रसाद खापुङ
१३. सदस्य रुद्र लुङ्फुङ्वा
१४. सदस्य घनश्याम लुङ्फुङ्वा
१५. सदस्य दिपेन नयोङ
१६. सल्लाहकार गजेन्द्र चेम्जोङ
१७. सल्लाहकार लाल वहादुर काम्बाङ्ग
१८. सल्लाहकार देवेन्द्र पालुङ्वा
नव गठित पदाधिकारीहरुलाई अतिथि नबराज काम्बाङ्गवाट ऐतिहासिक लिम्बुवान, जातिय स्वायत्तता, सहअस्तित्वता र संघीयता सम्वन्धी प्रशिक्षण दिने कार्य पनि सम्पन्न भएको छ । त्यस्तै गरी यही अगष्ट २२ गते आइतवार “नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान, ऐक्यवद्धताको आव्हान” भन्ने शिर्षमा वृहत गोलमेच सम्मेलन कार्यक्रम पनि मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा हुदैछ छ (समय अपरान्ह १२:३० देखि दिउसो ५ वजेसम्म) ।

No comments: