लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २७ २०६७ ,कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिए माओवादीले पनि फिर्ता लिने भएको छ । बिहीबार माओवादी संसदीय दलको कार्यालयमा एमाले शीर्ष नेताहरुसँग भएको छलफलमा माओवादी उम्मेदवारी फिर्ता लिन तयार भएको हो । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवारी फिर्ताका लागि कांग्रेसलाई पनि मनाउन एमालेलाई आग्रह गरेको जानकारी दिए । 'एमालेका साथीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गरौं भनेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ, हामीले कांग्रेसलाई पनि मनाउनुस् भन्यौं,' उनले भने । एमाले अध्यक्ष झलनाथ खनालले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई माओवादीले सकारात्मकरुपमा लिएको बताउँदै यस बिषयमा कांग्रेसलाई पनि मनाउने बताए । एमाले अध्यक्ष खनालले कांग्रेसका प्रधानमन्त्री प्रत्यासी रामचन्द्र पौडेललाई बुधबार उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी उपस्थित थिए । एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले तटस्थ बस्ने निर्णय दोहोर्याउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । एमालेले तटस्थ बस्ने निर्णय दोहोर्यापछि आफ्नो पक्षमा बहुमत नपुग्ने निष्कर्षमा पुगेको माओवादी नियमावली संसोधन गरेर उम्मेदवारी फिर्ता लिई सहमतिको सरकार बनाउन सकारात्मक देखिएको छ । चार पटकसम्म भएको निर्वाचनमा प्रधानमन्त्री चुनिन नसकेपछि आगामी भदौ २ गते पाँचौ चरणमा प्रधानमन्त्री निर्वाचन हुँदैछ ।
No comments:
Post a Comment