News

Aug 13, 2010

दुई वर्षको पालो कुराइपछि फिल्म कानुन प्रदर्शन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई वर्षको पालो कुराइपछि उदय सुब्बा निर्देशित फिल्म कानुन ४ भदौदेखि राजधानीमा प्रदर्शन हुने भएको छ । मोफसलमा प्रदर्शन भइसकेको यो फिल्म राजधानीका डेढ दर्जन बढी हलमा प्रदर्शन हुने निर्देशक उदयले बताएका छन् । लामो समयको पर्खाइपछि राजधानी भित्रिएको यस फिल्ममा राजेश हमाल, निखिल उप्रेती, दिलीप रायमाझी, झरना थापाका साथै निर्देशक उदय स्वयं प्रमुख भूमिकामा छन् । आफ्नो फिल्म माओवादी जनयुद्ध र राज्यले गरेको दमनको विषयमा निर्माण गरिएकाले दर्शकले उत्तिकै रुचि लिएर हेर्ने विश्वास निर्देशक उदयको छ ।

No comments: