News

Sep 1, 2010

गोर्खाल्याण्डका लागि आन्दोलन भोक हड्ताल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, भाद्र १६ - गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले बुधबारदेखि १७ दिने रिले भोक हड्ताल सुरु गरेको छ । मदन तामाङको हत्या अभियोगमा पक्राउ गरी हिरासतवाटै फरार निकेल तामाङको वास्तविकता पत्ता लगाउन वंगाल सरकार असक्षम वनेको भन्दै मोर्चाले अनसन शुरु गरेको हो । मोर्चाले यसअघि निकेल सार्वजनिक नभए अनिश्चितकालीन दार्जिलिङ वन्द गर्ने जनाएको थियो । सेप्टेम्वर ७ मा दिल्लीमा हुने आठौं चरणको त्रिपक्षीय वार्तालाई मध्यनजर गरेर वन्द भने स्थगन गरिएको मोर्चाका प्रचार सचिव हर्क क्षेत्रीले जानकारी दिए । प्रहरीले हालसम्म उनको अवस्था सार्वजनिक गरेको छैन । निकेललाई सोमवार दार्जिलिङ जिल्ला अदालत पेश गर्नु पर्ने थियो । तर, उनको अवस्था अझै अज्ञात रहेकाले अदालतमा हाजिर गराउन सकेन । प्रहरीले निकोललाई 'भगौडा' घोषणा गर्दै पुनः खोजतलास तीव्र पार्ने अदालतसमक्ष जानकारी गराएको थियो ।

No comments: