News

Sep 1, 2010

अब एक लाख मै टेस्टट्युब बेबी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १६- टेस्ट्युबमा भ्रुणको विकासगरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) अब सरकारी अस्पतालमा समेत सुरू हुनेभएको छ। निजी क्षेत्रमा टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउन सुरू गरिएको ६ वर्षपछि परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यस्तो सेवा सुरु गर्न लागिएको हो। अस्पतालको ५१ औँ वार्षिक उत्सवको अवसर पारेर आज सो सेवाबारे घोषणा गरिँदैछ। पुरूषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गराइन्छ। सेवा सुरू गर्न तयार रहेको अस्पतालको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएपछि अस्पतालले विस्तृत प्रस्ताव तयार पारेर मन्त्रालय पठाइसकेको अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले बताइन्। 'हामीले भने अनुसार भएमा ६ महिनभित्र सेवा सुरू गर्न सक्छौ।' डा.बज्राचार्यले भनिन् 'त्यसमा मन्त्रालयका अधिकारी समेत सकारात्मक छन्। ' निजी क्षेत्रमा यो प्रविधि सुरू भएपनि एक त अत्यन्तै महङ्गो छ। सुलभ सेवा र सबै प्रकारका आधुनिक स्वास्थ्य सेवा विस्तारका लागि यो काम कोसेढुङ्गा सावित हुने अस्पतालका अधिकारीको विश्वास छ। अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले भनिन् , 'त्यसैले हामी अग्रसर भएका हौ।'

No comments: