News

Sep 6, 2010

अनमिनको समयावधी चार महिना थप्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २१ - मन्त्रिपरिषद्को बैठकले सोमबार संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को समयावधी चार महिना थप्ने निर्णय गरेको छ । अनमिनको कार्यादेशका बारेमा भने प्रधानमन्त्रीले छलफलपछि निर्णय लिने उद्योग मन्त्री महेन्द्र यादवले जानकारी दिए । अनमिनको म्याद थप्ने वा नथप्ने तथा कार्यादेश घटाउने सम्बन्धमा दलहरुबीच तीब्र विवाद थियो । माओवादीले बिशेष समितिको बैठकमा ६ महिना थप्नुपर्ने प्रस्ताव गरेपछि त्यहाँसमेत विवाद भएको थियो ।
कांग्रेस र एमाले तथा सरकार सकेसम्म अनमिनको म्याद नथप्ने वा थप्नै परेपनि कार्यादेश घटाउने पक्षमा थिए भने माओवादी पुरानै कार्यादेश अनुसार ६ महिना थाप्नुपर्ने अडानमा राख्दै आएको थियो । अनमिनको समयावधी यही भदौ ३० गते सकिंदैछ । त्यसैगरी माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना बिशेष समितिको पनि चार महिना समयावधि थप गरेको छ । समितिको पनि यही भदौमा समयावधी सकिएको थियो । बिशेष समितिले प्राविधिक समितिको पनि समयावधि थप गर्नेछ ।
सञ्चार मन्त्री शंकर पोखरेलका अनुसार हालै सार्वजनिक भएको माओवादी नेता तथा सभासद् कृष्णबहादुर महरा र एक चिनीयाँबीच सांसद किन्न भएको संवाद भनिएको अडियो टेपका सम्बन्धमा सभामुखसँग छलफल गरेर छानविन अगाडि बढाइने भएको छ । निजामती दिवसको अवसरमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी तथा ३० जनालाई निजामति सेवा पदक दिने निर्णय गरेको छ ।

No comments: